दैनिक उपभोग्य सामानको अस्वभाविक मूल्य बृद्धि : बजार अनुगमलाई गति दिइँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २४, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाण्डौ । वााणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ । बजारमा अनुगमन कम हुँदा दैनिक उपभोग्य समानको मूल्य आकासिएको जनगुनासो आइरहेको बेला अनुगमनलाई परिणाम देखिने गरि काम सुरु गरिएको विभागले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा मासुको मूल्य व्यापारीको कार्टेलिङका कारण बढेको जानकारी दिंदै यस विषयमा पशु सेवा विभागसँग समन्वय गरेर विस्तृत निचोड निकाल्ने र कार्टेलिङ गर्ने व्यापारीलाई कारवाही अगाडि बढाउने जानकारी दिए ।

महानिर्देशक सुवेदीले लसुनको मूल्य बढ्नुमा सप्लाई कम हुँदा भएको बताउँदै मासुको कार्टेलिङमा को–को मिलेर गरेका छन् त्यसको विस्तृत विवरण खोज्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस