फाल्गुण ११, धादिङ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कंडेलले निर्माणधिन १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा छिमेकी जिल्लासँग एकरुपता नभएकोमा धादिङ जिल्लावासीले चित्त दुखाएको उल्लेख गरेका छन् । उद्योग वाणिज्य संघ धादिङद्वारा आयोजित सातौं उद्योग, कृषि तथा पर्यटन महोत्सवमा शनिबार कंडेलले यही आर्थिक वर्षमा मुआब्जा विवाद समाधान हुने समेत बताएका छन् ।
उपाध्यक्ष कंडेलले संघको राजधानी रहेको वाग्मती प्रदेशमा पर्ने धादिङका नागरिकको प्रतिव्यक्ति आय ६ सय ३० डलर मात्रै हुनु उपयुक्त नभएको बताए । जिल्लाको आर्थिक समृद्धिका लागि उत्पादन र सडक निर्माणमै जोडदिनुपर्ने उनको भनाइ छ । कृषि मेलामा जिल्लाका २ सय ५४ जना किसानहरुले भाग लिएर नगदेवाली, तरकारीवाली, फलफूल खेती, अन्नवाली, माछापालन लगायतका ४३ जना किसानहरु पुरस्कृत भएका थिए ।