फाल्गुण १२, काठमाण्डौ । २०७२ साल वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनबाट क्षति पुगेका ५ सय २० वटा सम्पदाहरु पुनर्निर्माणको पर्खाइमा रहेका छन् । भूकम्प गएको पाँच वर्ष पूरा हुन दुई महिना भन्दा कम सयम बाँकी रहँदा पनि सम्पदाहरुको पुनर्निर्माण कछुवा गतिमा भइरहेको हो ।
भूकम्पले ३१ जिल्लाका ९ सय २० सम्पदाहरु ध्वस्त बनाएको थियो । भूकम्पले क्षति पुर्याएका ऐतिहासिक पुरातात्विक तथा साँस्कृतिक महत्वका ७ सय ३७ सम्पदाहरुको पुनर्निर्माणको काम पुरातत्व विभागले गरिरहेको छ । त्यस्तै १ सय ८३ वटा सम्पदाको पुनर्निर्माण विभिन्न संघ संस्थाहरुले गरिरहेका छन् ।