मेलम्चीको सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १४, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण १४, काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न सकेको छैन ।

स्थानीय कामदारको ज्यालाको टुङ्गो लागे पनि सहायक ठेकेदारको विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिएमसीले भुक्तानी गर्न बाँकी रहेको रमकसम्बन्धी मागदाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन भएको छ । मजदुरलाई ज्यालावापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । “भुक्तानी बाँकी रहेका भनिएका कम्पनीको माग सही छ÷छैन भनी जाँच गर्ने (भेरिफाइ) काम भइरहेको छ”, उनले भने “त्यो सकिनासाथ भुक्तानी प्रक्रिया अघि बढ्नेछ ।”

ताजा अपडेट

खोजी गर्नुहोस