खाना महोत्सवको तयारी अन्तिम चरणमा : मौलिक खानाका परिकारले पाहुनाको स्वागत गरिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १४, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण १४, कैलाली । धनगढीमा यही फागुन १४ देखि २० गतेसम्म सञ्चालन हुने ‘प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ । होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिका–१ स्थित खुलामञ्चमा हुने खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष कमल बमले जानकारी दिए ।

सुदूरपश्चिमका सम्पूर्ण जिल्लाका परम्परागत खानाका परिकार, यस क्षेत्रको विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकार र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारलाई उनीहरुकै वेषभूषा, संस्कार र संस्कृति झल्किने गरी महोत्सवमा खुवाउने तयारी गरिएको अध्यक्ष बमको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस