आजदेखि अनलाइनबाटै सञ्चय कोषबाट विशेष सापटी सेवा लिन सकिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ ११, आईतबार (५ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

जेठ ११, काठमाण्डौ । कर्मचारी सञ्चय कोषले जेठ ११ गते आइतबार अर्थात आजदेखि अनलाइन मार्फत लिन मिल्ने गरी विशेष सापटी सेवा सुरु गर्ने भएको छ । सञ्चयकर्तालाई सरल, सहज र प्रभावकारी रुपमा सेवा उपलब्ध गराउने उदेश्यले कोषले अनलाइनबाट सापटी लिन मिल्ने व्यवस्था गरेको हो ।

अनलाइनबाट सापटी लिनको लागि सञ्चयकर्ता र सम्बन्धित कार्यालयको केवाईसी अद्यावधिक भएको हुनुपर्ने र अद्यावधिक नभएको कार्यालयले अनलाइनबाटै अद्यावधिक गर्न सकिने छ । त्यस्तै कोषले सम्बन्धित सञ्चयकर्ता र कार्यालयलाई दिएको युजर नेम र पासवर्ड प्रयोग गर्नुपर्ने छ । साथै सञ्चयकर्ताले बैक खाता मार्फत कारोबार गर्न स्वीकृती प्रदान गर्नुपर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस