भाद्र २७, काठमाण्डौ । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टर्ड उडान सुरु गरेको छ । एयरलाइन्सले काठमाडौंबाट नजिक दुरीमा रहेका गन्तव्यहरुमा चार्टर्ड उडान सेवा सुरु गर्न लागेको हो । कोभिड १९ का कारण आन्तरिक उडान सुरु हुन नसकेको अवस्थामा श्रीले अन्तर्राष्ट्रिय चार्टर्ड उडान सुरु गरेको हो ।
श्रीले काठमाडौंबाट बैंकक,ढाका लगायतका गन्तव्यमा उडान गर्न लागेको हो । एयरलाइन्सले १९ सेप्टेम्बरमा ढाका र २४ सेप्टेम्बरमा बैंकका लागि चार्टर्ड उडान गर्न लागेको जानकारी दिएको छ । यसरी चार्टर्ड उडानमा जान चाहनेहरुले टिकटका लागि एयरलाइन्समा सम्पर्क राख्न एयरलाइन्सले जानकारी दिएको छ ।