ठडियो २२ तलाको धरहरा, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन !

Post Thumbnail

बैशाख ११, काठमाण्डौ । पुनःनिर्माण गरिएको धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । सुन्धारास्थित धरहरा परिसरमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् । १२ वैशाख २०७२ मा भूकम्पले धरहरा भत्किएको थियो । त्यसलाई पुनःनिर्माण गरेर २२ तलाको बनाइएको छ ।

यसअघि ९ तला रहेका थिए । धरहरा पुनःनिर्माणमा ३ अर्ब ४८ करोड खर्च भएको छ । यो ४२.२ रोपनीमा फैलिएको छ । बगैंचा तथा पार्किङ स्थललगायतका संरचना निर्माण भइरहेका छन् । निर्माणको काम चलिरहेकाले तत्कालै सर्वसाधारणले चढ्न पाउने छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस