जेठ १, म्याग्दी । ४२ मेगावाट क्षमताको मिरिस्तीखोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माण सम्पन्न मिरिस्तीखोलाको विद्युत उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
माउण्टेन इनर्जी प्रालि नेपालले बनाएको यस आयोजनाको सबै काम सकेर आवश्यक तयारी पूरा गरेपछि उत्पादित विद्युतलाई बिहीबार राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हो ।