दुवईमा निधन भएका शिव दाहालको परिवारलाई आर्थिक सहयोग गर्न अपिल

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ फागुन २९, सोमबार (२ साल अघि)
  • १४९ पटक पढिएको
Post Thumbnail

फागुन २९,काठमाडौँ । बैदेशिक रोजगारीको सिलसिलामा दुवईमा रहेका शिव दाहालको मोटरसाईकल दुर्घटनामा निधन भएको छ । दाहालको कामको सिलसिलामा मोटरसाईकलबाट कोठामा फर्कदै गर्दा दुर्घटनामा निधन भएको हो । धादिङको गजुरी घर भएका दाहाल परिवारको एकमात्र साहारा एक्लो छोरो थिए । उनको निधन भएपछि नाबालक ३ बर्षको छोरा र श्रीमती तथा वृद्ध बुवाआमा साहाराबिहिन भएका छन् ।

उनि दुवई गएको केहि समय भएको थियो । मृतकको परिवारलाई रोजगारदाता कम्पनीले कुनैपनि आर्थिक उपलब्ध गराएको छैन् । नेपालमा गरेको बिमा पनि अवधि सकिएकोले कुनै रकम प्राप्त नभएको परिवार स्रोतले बताएको छ । परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले यथासम्भब सहयोग गरिदिन परिवारले सार्वजनिक अपिल गरेको छ ।

उनको सहयोगको लागि सामाजिक सञ्जालमा अभियान चलाइएको छ भने सहयोग गर्न चाहनेले मृतक दाहालकी श्रीमती प्रमिला खत्रीको ग्लोबल आइएमई बैँकको खाता नम्बर ८००७०१०००५२४७ मा रकम सहयोग गरिदिन हुन अपिल रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस