आजको मौसम: देशका पहाडी क्षेत्रमा आंशिक बदली हुने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ चैत्र १२, आईतबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र १२,काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी क्षेत्रका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस