चैत्र १३,काठमाडौ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी स्थानमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी स्थानका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी स्थानका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मंगलबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी स्थानमा सामान्य बदली, देशका बाँकी पहाडी स्थानमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी स्थानका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।