बारामा आगलागीबाट ६ वटा घरगोठ जलेर नष्ट, १० लाख रुपैयाँ बराबरको क्षति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र १४, मंगलबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र १४,काठमाडौँ । बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट ६ वटा घरगोठ जलेर नष्ट भएको छ ।

सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए ।

रामप्रित हाजराको घरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिए ।

आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन् । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस