बन्दुकको छर्राले लागेर एक जनाको ज्यान गयो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ चैत्र १४, मंगलबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

चैत्र १२,ताप्लेजुङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्राले लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ ।

आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा आफ्नै साथी ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

उहाँका अनुसार गएराति कालीदह जङ्गलमा सिकार खेल्ने क्रममा ललित गुरुङलाई बन्दुकको छर्राले लागेको थियो । वीरबहादुरलाई भरुवा बन्दुकसहित हाङपाङ प्रहरी चौकीको टोलीले पक्राउ गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस