चैत्र १५,नुवाकोट । नुवाकोट जिल्ला प्रतिनिधि सभा १ (क) का सांसद एवम् बाग्मती प्रदेशको निवर्तमान उपसभामुख राधिका तामाङ ,बेलकोटगढी नगरपालिका प्रमुख जगत बहादुर गुरुङ र नेपाल विधुत प्रधिकरण प्रमुख कुलमान धिसिङबीच भेटघाट भएको छ ।
भेटमा बेलकोटगढी नगरपालिकाको सम्पूर्ण भुभागमा बाँकी बिद्युतिकरणको काम सम्पन्न गर्न र नुवाकोट जिल्लाको चौघडामा उप वितरण केन्द्र स्थापना गर्ने बिषयमा छलफल भएको नगरप्रमुख गुरुङका स्वकिय सचिव अनमेश श्रेष्ठले अनलाईनकेन्द्रलाई जानकारी दिए । छलफलमा प्राधिकरण प्रमुख घिसिङले बेलकोटगढीका बाँकी सम्पूर्ण काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
छलफलमा सांसद तामाङले नुवाकोटमा बिद्युतको समस्या समाधान हुने आशा व्यक्त गरिन् । घिसिङसंगको छलफलमा नगरप्रमुख गुरुङले बिजुलीको सहज पहुँच नहुदा नगरवासीले समस्या भोग्नुपरेको बताउदै आफुले चुनावमा गरेको वाचा पुरा गर्न नगरभरी बिद्युतिकरणको लागि आफु निरन्तर सक्रिय भएको जानकारी दिए । उनले आजको समयमा पनि नगरपालिकाजस्तो स्थानमा बिजुलीको सहज पहुँच नहुनु दुखद रहेको बताउदै प्राधिकरणले गम्भिर भएर सोच्नुपर्ने बताए ।