बालबालिकाको सशक्तिकरण र सृजनशीलतालाई प्रेरित आयोजना गरिएको आर्ट कार्यशाला सम्पन्न

Post Thumbnail

जेठ १०, काठमाडौं । नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आयोजना गरेको आर्ट कार्यशाला सफलता पूर्वक सम्पन्न गरेको छ ।

इन्टरनेट बालबालिकाका लागि हो भन्ने उद्देश्यका साथ शनिबार बौद्धस्थित उत्पला क्याफेमा आयोजना गरिएको कार्यशालामा प्रमुख अतिथिको रुपमा ई(आर्ट नेपालकी सहसंस्थापक एरिना ताम्राकार रहेकी थिइन् ।

त्यस्तै विशिष्ट अतिथिको रुपमा उत्पला क्याफेका प्रबन्ध निर्देशक दिपक बोहोरा, हेल्प नेपालका संयोजक अरुन कुमार बस्नेत र काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष विमल कुमार होडा, शुभ श्री बाल उद्यान फोस्टर होमका स्वंय सेवक लगायतको सहभागीता रहेका थियो ।
कार्यशालामा बालबालिकाले आफ्नो प्रतिभालाई इन्टरनेटको प्रयोग गरेर उजागर गरेका थिए । शो कार्यशालामा बालकालिकाले आफ्नो कलात्मक क्षमताहरू अन्वेषण गर्न सक्ने सीपहरू बढाउन सक्ने र कला सिर्जना गर्ने आनन्दको अनुभव गर्न पाएको आयोजकको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस