धादिङ बस दुर्घटना अपडेट : गोताखोरसहित ४२ जना सशस्त्र प्रहरी परिचालन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ६, बुधबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा सशस्त्र प्रहरीले ४२ जनशक्ति परिचालन गरेको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमाण्डमा १६ जना र बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिन्टारबाट डीएसपीको कमाण्डमा ८ जना गोताखोर सहित २६ जना सशस्त्र प्रहरिको फौज खटिएको जानकारी दिए ।

धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो । काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस