धादिङ बस दुर्घटना : १७ घाइतेको उद्धार, १३ जनाको काठमाडौँ ल्याइयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ६, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाण्डौँ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन । घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ ।

जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ ।
काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बुधबार बिहान दुर्घटनामा परेको थियो ।

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३०१००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो । बस त्रिशूली नदीमा पुगेको छ । बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको उनले बताए। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस