धर्म रक्षाका लागि हामी आफै लाग्नु पर्छ : सुरेश श्रेष्ठ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र १७, आईतबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भाद्र १७, काठमाण्डौँ ।  हाम्रो धर्म रक्षाका लागि हामी आफै लाग्नु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्वर ९ स्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको आयोजनामा भएको तीजको दर खाने कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले हाम्रो धर्म परम्परा रीति थिति एवं परम्पराको रक्षा हामीले नगरे कसैले नगर्ने बताउनुभएको हो ।

आज हाम्रो कला संस्कृति मासिने अवस्थामा पुगेको छ यसको रक्षाका लागि हामी सबै एक जुट भएर लाग्नु पर्ने उहाँको धारणा रहेको थियो । हामीले हाम्रो धर्म संस्कृति नजोगाउने हो भने अन्य विस्तारवादीहरूले हाम्रो धर्म संस्कृति परम्परा एवं संस्कार मेटाउन लाग्ने छन् । उहाँले बताउनुभयो ।

उहाँले आश्रमले घरबार विहीन ज्येष्ठ नागरिकलाई राख्ने काम गरेको काम सराहनीय भएको बताउँदै अवका दिनमा आश्रमले ताथलीका ज्येष्ठ नागरिकका लागि दिवामा भजन कीर्तन गर्ने एवं भलाकुसारी गर्न ज्येष्ठ नागरिक मिलन चौतारी समेत बनाउन आग्रह गर्नुभएको थियो ।

दर विशेष कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै आश्रमका संस्थापक एवं कार्यक्रमका सभापति  बालयोगेश्वोर बिजयमूर्तीजी महाराजले तीज केवल केही सीमित नारीहरूको मात्र नभई सम्पूर्ण नेपालीको पर्व भएको उहाँले बताउनुभएको थियो । उहाँले तीजको व्रत केवल श्रीमान् राम्रो पाउँ र श्रीमानको आयुको विषयमा मात्र नभएर राम्री पत्नी पाउँ अनि पत्नीको स्वास्थ्यको लागि पनि बस्नु पर्ने बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर कटुन्जेका अध्यक्ष एवं समाजसेवी धर्मराज कार्कीले धर्तीमा पापको बोझ धेरै भएका

हिन्दु धर्मलाम्वीहरुमाथी विभिन्न धर्मालम्वीहरुले प्रहार गरी रहेको अवस्था छ जसलाई परास्त गर्न हामी एक जुट हुनु पर्ने बताउनुभएको थियो । उहाँले हामी एक भएमा मात्र हाम्रो संस्कार जोगिने समेत बताउनुभएको थियो ।

ज्येष्ठ नागरिकको सेवाका लागि छोरीको घर आश्रमले आगामी ११ गते देखि भक्तपुर चाँगुनारायण धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं श्रीमद्भागवत विराट पितृ मुक्ति जान महायज्ञ गर्न लागेको कार्यक्रममा जानकारी गराइएको थियो ।

यस्तै कार्यक्रममा दुई दर्जन भन्दा बढी गुरुहरूलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा करिब १ सय भन्दा बढी ७०वर्ष पुरा हुनुभएका  भएका बा आमालाई सम्मान गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस