नेपाली खेलाडीको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० भाद्र १७, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १७,काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै छन् ।

उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् ।

एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलंका जान लागेका हुन् ।

समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस