सुन तस्करी प्रकरण : विध ल्याबका सञ्चालक भण्डारीसँग सीआईबीले लियो बयान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र २४, आईतबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र २४, काठमाण्डौँ । हङकङबाट ल्याइएको ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

सीआईबीले आइतबार बिहान विध ल्याबका सञ्चालक भण्डारीसँग बयान लिएको हो । भण्डारीको चिनियाँ सुन तस्करसँग सम्पर्क देखिएकाले बयान लिइएको सीआईबी स्रोतले जानकारी दिएको छ

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग भण्डारीको अस्वाभाविक मोबाइल सम्पर्क र सन्देश आदान प्रदान भेटिएपछि सीआईबीले आइतबार बोलाएर बयान लिएको हो । सीआईबीले शनिबार साँझ नै बोलाएको थियो । तर, भण्डारी आइतबार बिहान साढे ९ बजे मात्रै सीआईबीमा उपस्थित भएका हुन् ।

भण्डारीले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा पनि मुद्दा खेपिरहेका छन् । सुन तस्करी प्रकरणमा जोडिएका दावासँग उनको सम्बन्ध देखिएपछि सीआईबीले पहिलेदेखि नै निगरानीमा राखेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस