ललिता निवास प्रकरण : मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २४, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र २४, काठमाडौँ । जिल्ला अदालत काठमाडौंले आइतबार ललिता निवास प्रकरणमा थुनामा रहेका मीनबहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक रहेका गुरुङलाई न्यायाधीश भोलानाथ ढकालको इजलाशले २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

आइतबार भएको थुनछेक बहसमा जिल्ला अदालतले थुनामा रहेका केशव तुलाधरलाई साधारण तारेख र १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा तीन सय १० जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस