पत्रकार सम्मेलनमै भारती बेहोस, अस्पताल लगियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १३, सोमबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कार्तिक १३, काठमाडौँ । रिगल ढकालको आममाफीविरुद्ध अनशनरत भारती मानन्धर पत्रकारसम्मेलन स्थलमा नै बेहोस भएकी छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा आममाफीको विरुद्धमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भारती कार्यक्रमस्थलमै बेहोस भएकी हुन् ।

उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । नेपालगञ्जका चेतनको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगलले नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका थिए । रिगलको आममाफी विरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । उनले आममाफी विरुद्ध दायर गरेको रिटमा सुनुवाइ भोलि छ ।

ताजा अपडेट

खोजी गर्नुहोस