पश्चिमी वायुको आंशिक प्रभावले चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १५, बुधबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक १५, काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

आज ९बुधबार० दिउँसो देशभर आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ । आज राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस