प्रहरीद्वारा गोली प्रहार गरी लागुऔषध कारोबारी दुईजना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १५, बुधबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक १५, काठमाडौँ । प्रहरीले काठमाडौंको गोठाटारमा गोली प्रहार गरेर दुईजनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारी दुईजनालाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ । प्रहरीले झापाका हर्क लिम्बू र भारतको पश्चिमबंगालका मोहम्मद करिमलाई पक्राउ गरेको हो ।

पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोजिएपछि करिममाथि गोली प्रहार गरिएको अपराध महाशाखाले जनाएको छ। उनको दाहिने तीघ्रामा गोली लागेको छ। उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको प्रहरीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस