आजको शेयर बजारमा पनि पहिरो : नेप्से ५.८३ ङ्कले घट्यो, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० कार्तिक १५, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १५, काठमाण्डौँ । शेयर बजार आज बुधवार पनि ओरालो लागेको छ । हिजो मङ्गलवार दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ५८ दशमलव ५६ विन्दुमा झरेको छ ।

आज लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

आज ३३ लाख ६४ हजार कित्ता शेयर ८१ करोड २० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको छ लाख १६ हजार सात सय कित्ता शेयर १४ करोड ६० लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस