जाजरकोट भूकम्प अपडेट : रुकुम-पश्चिममा मृतकमध्ये २७ जनाको पहिचान खुल्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १८, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, सिमकोट । जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पमा परी रुकुम-पश्चिममा मृत्यु भएका ३६ जनामध्ये २७ मृतकको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, रुकुम-पश्चिमले उपलब्ध गराएको विवरणमा पहिचान भएका २७ जना मध्ये १९ जना बालबालिका छन् ।

मृतकहरूमा सानीभेरी गाउँपालिका-२ का १२ वर्षीया मनिषा परियार, आठ वर्षीय यमराज पुन, दुई वर्षीय सितम पुन, १० महिने बालक रेजन वली र सोही गाउँपालिका( ४ का आठ वर्षीय निर्जल चन्द रहेका छन् ।

यसैगरी, आठ विसकोट नगरपालिका-११ गौरी गाउँका १८ महिनाकी एलिसा कामी, चार वर्षीया आशा कामी, ६ वर्षीया दिया कामी, नौ वर्षीया रिया कामी, १३ वर्षीया सिर्जना कामीको भूकम्पमा परी ज्यान गएको छ ।

यस्तै, सोही नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय रमेश पुन, १३ वर्षीय दिलबहादुर केसी, वडा नम्बर १४ का तीन वर्षीय बासु बुढा, पाँच वर्षीया भावना जैसी, दुई वर्षीय दिपेन जैसी, १३ वर्षीया सरिता विक, १३ वर्षीय मदन गौतमको मृत्यु भएको छ ।

अन्य मृतकको पहिचान गर्ने कार्य प्रहरी गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस