चीनले भूकम्पपीडितका लागि १० करोड बराबरको राहत पठाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० कार्तिक १८, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाण्डौँ । जाजरकोटमा गएराति आएको शक्तिशाली भूकम्पपीडितहरूका लागि छिमेकी चीन सरकारले १० करोड रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ ।
चीनले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भूकम्पपीडितलाई रातका लागि १० करोड नेपाली रुपैयाँ बराबरको सामग्री सहयोग गर्न लागेको चिनियाँ राजदूत छेन सङले बताएका छन् ।

उनका अनुसार उक्त सहयोग साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट दिन लागिएको हो । चीनले दिन लागेको राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटसहित छन् । भूकम्पपीडितलाई दिन लागिएको राहत सामग्री केही दिनमा नेपाल आइपुग्ने उनले बताए । राजदूत सङले आपतमा परेका नेपालीका लागि थप राहत घोषणा हुने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस