जाजरकोट भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २ लाख दिने सरकारको निर्णय

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० कार्तिक १९, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक १९, काठमाण्डौँ । सरकारले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि सुरु गरिहाल्ने सरकारले निर्णय गरेको छ। यसका लागि रकम निकासा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस