आजबाट २५ हजार टन चिनीको खरिद प्रक्रिया सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० कार्तिक १९, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १९, काठमाडौँ । सरकारले २५ हजार टन चिनी खरिद प्रक्रिया आजबाट सुरु गर्ने जनाएको छ । उक्त चिनी सरकारले तिहार अघि नै बजारमा विक्री गर्ने जनाएको छ ।

चिनी बजारमा विक्रीसँगै चिनी अभाव नहुने वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताउनुभयो । भारतले नेपालमाथि चिनी निर्यातसम्बन्धी प्रतिबन्ध लगाएसँगै बजारमा चिनी अभाव भएको थियो । भारतले नेपालाई २५ हजार टन चिनी उपलब्ध गराउने जनाएपछि सरकारले खरिद गर्ने भएको हो ।

वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार जिटूजी प्रक्रियाबमोजिम भारतले नेपाललाई दिने चिनी तिहार अगावै बजारमा पठाइनेछ । उहाँका अनुसार चिनी ल्याउनका लागि आइतबारबाट नै प्रक्रिया थालिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस