भारतले भूकम्पपीडितलाई पहिलो चरणमा पठायो ११ टन राहत सामग्री

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० कार्तिक २०, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाडौँ । जाजरकोटलाई केन्द्रविन्दू बनाएकार शुक्रबार आएको विनाशकारी भूकम्पबाट प्रभावित नागरिकको राहत तथा प्राथमिक उपचारका सामग्रीसहित भारतीय वायुसेनाको विशेष विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको छ ।

विशेष विमानको पहिलो खेपमा टेन्ट, स्लिपिङ ब्याग, कम्बललगायतका अत्यावश्यक ११ टनभन्दा बढी सामग्री आइतबार आएको भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी गराएका छन् । उनले ती सामग्री उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् । सोमबार अर्को विमान पनि स्वास्थ्य सामग्री र अत्यावश्यक वस्तु लिएर आउने उनले जानकारी गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस