काठमाण्डौबाट लुक्ला उडेको तारा एअरको जहाजको झ्याल खस्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २४, आईतबार (१ साल अघि)
  • ३७ पटक पढिएको
Post Thumbnail

मंसिर २४,काठमाडौँ । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन झ्यालको सिसा खसेको छ । काठमाडौंबाठ ९ बजेर ३१ मिनेटमा उडेको जहाँज ल्याण्ड गरिसक्दा आपत्तकालिन झ्यालको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले बताए ।


विमान सहज तरिकाले ल्याण्ड भएको झाले बताए । कलसाइन ९ एन एएलओ भएको जहाँको सिसा बाटोमा खसेको आशंका गरिएको छ । तर, पाइलटले ल्याण्ड गरेपछि मात्रै त्यसबारे जानकारी पाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस