उड्न लागेको बुद्ध एयरकको इमरजेन्सी ढोका यात्रुले खोलिदिए

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० पौष ५, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पुस ५,पोखरा । पोखराबाट काठमाडौँ उड्न लागेको जहाजको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका छन् । बुद्ध एयरको उडान नं. ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलेका हुन् ।

ढोका खुलेपछि यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले जाँचबुझ गरिरहेको बुद्ध एयरले जनाएको छ । प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेका छन् । यात्रुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको विमानस्थलले जनाएको छ ।

विमानस्थल प्रवक्ता जसोदा पौडेलले भने घटनाबारे निर्क्योल भई नसकेको जानकारी दिइन् । ‘म जाँदैछु । जहाज पार्किङ गरिएको छ,’ उनले भनिन्, ‘बिस्तृतमा बुझेर खवर गर्छौ ।’

ताजा अपडेट

खोजी गर्नुहोस