पाँचखालमा १९ वर्षीया युवतीमाथि सामुहिक बलात्कार, चार युवक पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ३, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ ३, काभ्रे । काभ्रेको पाँचखालमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । पाँचखाल नगरपालिका–७ शिखरपुरको झाडीमा एक युवतीमाथि सामुहिक बलात्कार भएको हो ।

गत पुस २७ गते साँझ भाडामा बस्दै आएकी १९ वर्षीया युवतीलाई सोही स्थानमा बस्ने युवाहरूले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । ती युवतीलाई बलात्कार गरेको अभियोगमा चार युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेहरूमा उदयपुर ताप्ली गाउँपालिका –८ घर भई पाँचखाल –७ भाडामा बस्दै आएका २८ वर्षीय धिरज हमाल, भोजपुर षडानन्द गाउँपालिका –८ घर भई सोही स्थानमा बस्दै आएका घनश्याम श्रेष्ठ, धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका –४ घर भई पाँचखाल ७ बस्ने १९ वर्षका अमर विक र सोही स्थानमा काम गरी बस्ने १७ वर्षीय बालक छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस