सम्पत्ति शुद्धीकरण

सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्व सीईओ सुवेदीलाई तीन महिना जेल, दुई करोड जरिवाना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ ३२, शुक्रबार (११ महिना अघि)
  • १०५ पटक पढिएको
सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्व सीईओ सुवेदीलाई तीन महिना जेल, दुई करोड जरिवाना

जेठ ३२, काठमाडौँ । सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत नवीन सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहरिएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँबर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सुवेदीलाई शुक्रबार दोषी ठहर गर्दै तीन महिना १८ दिन कैद र दुई करोड ३६ लाख ५४ हजार ४ सय जरिवाना बिगोको दोब्बरको सजाय सुनाएको हो ।

अदालतले बिगो बराबरको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ । कार्यालय प्रमुखका रुपमा पदको दुरुपयोग गरि कसुर गरेको भन्दै अदालतले सुवेदीलाई थप २ महिना १८ दिन कैद र २३ लाख ७५ हजार ५४० रुपैयाँ थप जरिवानाको पनि सजाय गरेको हो ।

# सम्पत्ति शुद्धीकरण

ताजा अपडेट

खोजी गर्नुहोस