कृष्ण भगवान

बुधबार कृष्ण भगवानको बिशेष दिन, यसरी गर्नुहोस् पूजा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ९, बुधबार (१० महिना अघि)
  • ६७ पटक पढिएको
बुधबार कृष्ण भगवानको बिशेष दिन, यसरी गर्नुहोस् पूजा !

साउन ९, काठमाडौँ । आज २०८१ साल साउन ९ गते बुधबार तदनुसार सन् २०२४ जुलाई २४ तारिख । साउन कृष्ण पक्षको तृतीया तिथि । आज हरिशयनी एकादशी व्रत तुलसी रोप्ने दिन चतुर्मास व्रत आरम्भ ।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी देवताको बार मानिने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन् ।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल देव कृष्णको अवतार को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ । यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ
– हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी देवताको कृपा हुने गर्छ ।
– बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ ।
– बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ ।
– जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।

#कृष्ण भगवान

ताजा अपडेट

खोजी गर्नुहोस