तानसेन-बुटवल सडक

आजदेखि तानसेन-बुटवल सडक खण्ड रातिको समयमा बन्द हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ९, बुधबार (१० महिना अघि)
  • ९१ पटक पढिएको
आजदेखि तानसेन-बुटवल सडक खण्ड रातिको समयमा बन्द हुने

साउन ९, काठमाडौँ । सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको हिउँदे खोला नजिक सडक भासिएपछि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।

पानी पर्नासाथ सडक भासिन थालेपछि बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म दैनिक ११ घण्टा सवारी आवागमनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यलयले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सवारी संचालनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।

#तानसेन-बुटवल सडक

ताजा अपडेट

खोजी गर्नुहोस