साउन ९, धादिङ । धादिङका एमाले नेता रामराजा पाण्डेको निधन भएको छ । उनको आज विहान चिरायु अस्पतालमा मृत्यु भएको हो । २०२३ माघ १४ गते जन्मिएका पाण्डे मृगौला रोग लागेपछि २ बर्षदेखि उपचार गराईरहेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । नेता पाण्डेको शवमा छोरीहरुले दागवती दिएका थिए ।
पाण्डे २०७९ को स्थानीय चुनावमा धुनिवेशी नगरपालिकामा एमालेबाट मेयर पदको उम्मेदवार थिए । उनी लामो समयदेखी एमालेको राजनीतिमा सक्रिय समेत भए । एमालेको आठौं महाधिवेशनबाट उनी जिल्ला कमिटी सदस्य भएका थिए । पाण्डेका छोरीहरु सपना ,अनुजा, प्रतिभा र श्रीमती गिता पाण्डे रहेका छन् ।
उनलाई श्रद्धाञ्जली दिनको लागी पुर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे,पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे ,पुर्व सांसदहरु भुमि त्रिपाठी,खेम लोहनी,राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष पुष्पराज कंडेल,धुनिबेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य,उपप्रमुख सुरज उप्रेती लगायत धादिङका विभिन्न नेता,पत्रकार समाजसेवी लगायत कार्यकर्ता पुगेका थिए ।