बङ्गलादेशमा अवस्था

बङ्गलादेशमा अवस्था सामान्य छ, नेपाली विद्यार्थीहरू फर्कन पर्दैन : परराष्ट्र मन्त्रालय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ९, बुधबार (१० महिना अघि)
  • ७७ पटक पढिएको
बङ्गलादेशमा अवस्था सामान्य छ, नेपाली विद्यार्थीहरू फर्कन पर्दैन : परराष्ट्र मन्त्रालय

साउन ९, काठमाण्डौँ । परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा चलेको आन्दोलन मत्थर भइसकेकोले अब त्यहाँबाट नेपाली विद्यार्थीहरू फर्कन नपर्ने बताएको छ ।

आरक्षणसम्बन्धी व्यवस्थाका विषयमा सर्वोच्च अदालतको आदेशसँगै बङ्गलादेशमा आन्दोलन रोकिएको हो । अवस्था जटिल भएको बेला नेपाली विद्यार्थीहरूलाई फर्काउन पहल गरेको तर अब अवस्था सामान्य भइसकेकोले फर्कन नपर्ने मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए ।

तर फर्कनै पर्ने बाध्यता रहेको र अझै असुरक्षित महसुस गरिरहेका भएमा त्यस्ता विद्यार्थीहरू फर्कन पाउने पनि उनले बताए । फर्किन जहाजको टिकट काटिसकेका र त्यो रद्द गर्न नमिल्ने अवस्थाबाहेकका विद्यार्थीलाई नफर्किन उनको अनुरोध छ ।

#बङ्गलादेशमा अवस्था

ताजा अपडेट

खोजी गर्नुहोस