विमान दुर्घटना

मृतकका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १०, बिहिबार (१० महिना अघि)
  • १६० पटक पढिएको
मृतकका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने

साउन १०, काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने भएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा आफन्तको शवको पर्खाइमा बसेका उनीहरूले एयरलाइन्सका प्रतिनिधिसँगको भेटमा यस्तो बताएका हुन् ।

मृतकका परिवारलाई रोजगारी, सन्तानको उच्च शिक्षा लगायतको व्यवस्था एयरलाइन्सले गर्नुपर्ने उनीहरूको माग छ । बिहीबारसम्म एयरलाइन्स कम्पनीबाट कोही पनि भेट्न नआएको भन्दै आक्रोश पोखेका थिए ।

बिहीबार दिउँसो शिक्षण अस्पताल पुगेका सौर्य एयरलाइन्सका व्यवस्थापक मुकेश खनालसँग परिवारले यस्ता माग अघि सारेका हुन् । खनालले परिवारलाई क्षतिपूर्ति बिमामार्फत गर्न एयरलाइन्सले प्रक्रिया अघि बढाएको जवाफ दिए ।

# विमान दुर्घटना

ताजा अपडेट

खोजी गर्नुहोस