अर्थमन्त्री पौडेलसंग फेडवासनको माग: खानेपानी उपभोक्ता संस्थाहरुलाई आयकर छुट गरिदिनुस्

अर्थमन्त्री पौडेलसंग फेडवासनको माग: खानेपानी उपभोक्ता संस्थाहरुलाई आयकर छुट गरिदिनुस्

साउन,काठमाडौँ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले अर्थमन्त्रीसंग विविध माग राख्दै ज्ञापनपत्र बुझाएको छ । फेडवासनले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई आयकर छुट सम्बन्धी कानुनी व्यवस्था गर्न माग गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।

फेडवासनका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको नेतृत्वमा गत शुक्रबार महासंघको टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल समक्ष विगतमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आर्जन गरेको रकममा कर छुटको ब्यवस्था गरिएकोमा आर्थिक बिधेयक २०८१ को दफा ३६ (२) मार्फत आयकर छुट हुने ब्यवस्था हटाईएको बारे अवगत गरायो।

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई दिईदै आएको आय कर छुटको सुविधा हटाउँदा आधारभूत मानव अधिकार र मौलिक हकको रुपमा रहेको खानेपानी तथा सरसफाइ सेवा सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको अध्यक्ष अर्यालले बताए।

उनले यसले गर्दा खानेपानी आपूर्ति प्रणाली समेत प्रभावित हुने भएकाले जलस्रोत ऐन २०४९ र खानेपानी तथा सरसफाइ ऐन २०७९ अन्तर्गत विधिवत रुपमा दर्ता भएका मुनाफा रहित र सामुदायिक सेवा प्रदान गर्ने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आय कर छुटको व्यवस्था गरिदिन अनुरोध गरे।  अर्थमन्त्री पौडेलले यसबारे आफुले सम्बन्धितसंग छलफल गरेर निणैय लिने बताएको अध्यक्ष अर्याालले अनलाइनकेन्द्रलाई बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस