असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइँदै, उत्कृष्टलाई पुरस्कृत गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १, मंगलबार (७ महिना अघि)
  • ९५ पटक पढिएको
असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइँदै, उत्कृष्टलाई पुरस्कृत गरिने

असोज १, काठमाडौँ । नेपाल सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम आयोजना गरेर मनाउने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार “ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता” भन्ने आदर्श वाक्यकासाथ साताभरि देशै भर सो दिवस मनाउन लागिएको हो ।

शिक्षा दिवसको मूल समारोह राष्ट्रिय प्राकृतिक संरक्षण कोषको सभा हलमा प्रधानमन्त्री केपी ओलीको प्रमुख उपस्थितिमा सैनिक जनसम्पर्क निर्देशनालय, भद्रकाली काठमाडौँको अडिटोरियम हलमा आयोजना हुने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समिति गठन भएको छ।दिवसलाई भव्य बनाउन राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी उपसमिति, कार्यक्रम व्यवस्थापन उपसमिति,शैक्षिक स्मारिका प्रकाशन उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, प्रचार प्रसार उपसमिति, समाज कल्याण शिक्षा पुरस्कार उपसमिति गठन भएका छन् ।

राष्ट्रिय शिक्षा दिवस¸ २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक सामुदायिक तथा निजी लगानीका विद्यालय¸ प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक संघसंस्थाहरूलाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम रहेको छ । उत्कृष्ट विद्यालयतर्फ राष्ट्रिय शिक्षा पुरस्कारतर्फ २०८० सालको कक्षा १२ को नतिजा मूल्याङ्कनका आधारमा सार्वजनिक र निजी लगानीका विद्यालय तर्फ राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई राष्ट्रिय सिल्ड, ध्वजा, क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्रसहित विद्यालयतर्फको राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस