राष्ट्रिय शिक्षा दिवस

आज राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २, बुधबार (७ महिना अघि)
  • ८४ पटक पढिएको
आज राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै

असोज २, काठमाण्डौँ । आज राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । गएको वर्षदेखि सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउन थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता स् साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ यो वर्ष हप्ताभरि देशैभर शिक्षा दिवस मनाउन लागिएको हो ।

शिक्षा दिवसको मूल समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख उपस्थितिमा हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिसहित विभिन्न उपसमिति गठन भएका छन् ।

राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक सामुदायिक तथा निजी लगानीका विद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक सङ्घसंस्थालाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

#राष्ट्रिय शिक्षा दिवस

ताजा अपडेट

खोजी गर्नुहोस