व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैन : काउन्सिल अध्यक्ष शाही

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २२, सोमबार (४ महिना अघि)
  • ५५ पटक पढिएको
व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैन : काउन्सिल अध्यक्ष शाही

पौष २२, काठमाण्डौँ ।  दक्ष युवाहरु स्वदेशमै बसेर काम गर्न अवसर र संभावनाहरु प्रसस्त रहेको नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले बताएका छन् । स्वदेशमा प्राविधिक जनशक्तिहरुको माग दिनप्रतिदिन बढिरहेको बताउँदै काउन्सिल अध्यक्ष शाहीले हरेक क्षेत्रमा मेहनत र संघर्ष गर्ने युवाहरुले सफलता प्राप्त गर्ने बताए ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) बाट सिभिल तथा सिभिल एण्ड रुरल इन्जिनियरिङ उत्तिर्ण १९ औं ब्याचका विद्यार्थीहरुलाई विदाई गर्दै प्रा.डा. शाहीले प्राविधिक जनशक्ति खासगरी इन्जिनियरहरुले स्वदेशमै राम्रा अवसरहरु पाउने जिकीर गरे । ‘विगतमा भन्दा अहिले इन्जिनियरिङ क्षेत्रमा स्कोप छ । तर, तपाईहरुले कलेजमा अध्ययन गरेको भन्दा बढ्ता मेहनत व्यवसायिक जीवनमा गर्नुपर्छ ।’ इन्जिनियरिङ अध्ययन गर्दैगर्दा असाइनमेन्ट सब्मीट गर्नु भयो, रिपोर्ट बनाउनु भयो भाइबा गर्नुभयो । हामीले पनि त्यही गरेर आएका हौं । तर, तपाईको अबको जीवन भनेको नम्बरमा मुल्यांकन हुँदैन अब तपाईको जीवन एस र नोट हो । कि तपाई पास हुनुहुन्छ कि फेल हुनुहुन्छ ।’ सफल हुनको लागि व्यवसायिक जीवनमा प्रत्येक पल परीक्षा दिइरहनु पर्ने भन्दै प्रा.डा. शाहीले बताए ।

आफ्लाई सफल बनाउन समाज र समय अनुसार व्यवसायिक रुपमा ज्ञान अनुसार सीप हुनुपर्ने भन्दै प्रा.डा. शाहीले विश्वविद्यालयको अध्ययनले ज्ञान दिन सकेपनि सीप नदिएको बताए । ‘विश्वको कुनैपनि विश्वविद्यालयले ज्ञान दिन्छ सीप दिँदैन, सीप सिक्नका लागि हरेक दिन आफ्नो फिल्डमा पढ्नु पर्छ । नयाँ कुरा जान्नैपर्छ ।’ व्यवसायिक जीवनमा इमान्दारिता, नैतिकता र लगनशीलता अपरिहार्य भएको भन्दै उहाँले देश र समाज बनाउन दक्ष युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रमका विशिष्ट अतिथी नेपाल सरकारका पूर्वसचिव तथा नेकका पुर्वप्राध्यापक मनिराम गेलालले नेपालको विकासमा इन्जिनियरहरुको भुमिका रहेको भएपनि सरकारी सेवामा पर्याप्त इन्जिनियरहरु नरहेको बताउनु भयो। नयाँ जनशक्तिलाई अनुभवको अभाव भन्दै अवसर नदिँदा उनीहरु अवसरको खोजीमा बाहिरिँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले नयाँलाई पनि अवसर दिइनुपर्ने बताए । ‘हाम्रो पोलिसीमा कमजोरी छ । कन्सल्टिङ सर्भिसेसका लागि जनशक्ति माग गर्दा पनि १५/२० वर्ष सम्बन्धीत विषयमा काम गरेको अनुभव चाहिने मापदण्ड राख्छौं । नयाँ गोल्डमेडलिस्ट र टपरहरु भने बजारमा काम खोज्दै बस्नुपरेको अवस्था छ । यसलाई चेञ्ज गर्न आवश्यक छ ।’ सुखी नेपाली समुन्नत नेपाल निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति नै चाहिने भएकाले नयाँलाई अवसर दिइनुपर्ने उनको जोड छ ।

ताजा अपडेट

खोजी गर्नुहोस