नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा संगोष्टी

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष २५, बिहिबार (४ महिना अघि)
  • ५४ पटक पढिएको
नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा संगोष्टी

पौष २५, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरू विचको महत्वपूर्ण सम्मेलन सम्पन्न भएको छ । मंगलबार र बुधबार सम्पन्न साइबर सुरक्षा संगोष्टीमा सहभागीहरुले नेपालको साइबर कानुन, साइबर सुरक्षा, अपराध र चुनौतिका सवालमा छलफल र बहस गरे ।

संगोष्टीको उद्घाटन गर्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले पछिल्लो समय इन्टरनेटको माध्यमबाट धेरै अपराधहरु भइरहेको तथा साइबर सम्बन्धी नेपालको विद्यमान कानुन, नीति र व्यवसायिकताका बारेमा कलेजका विद्यार्थीहरुलाई सचेतना दिन संगोष्टी आयोजना गरिएको बताए । साइबर सुरक्षा संगोष्टीबाट विद्यार्थीहरुले साइबर कानुन, साइबरमा जोखिम र सामाजिक, आर्थिक प्राविधिक ज्ञान प्राप्त गर्ने विस्वास व्यक्त गरे ।

संगोष्टीको पहिलो दिन आयोजित प्यानल छलफलमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक तथा प्रवक्ता राजकुमार महर्जनले सरकारले साईबर अपराध, साइबर सुरक्षा र कानुनलाई बलियो बनाउन काम गरिरहेको बताए । उनले सरकारी तवरबाट आम नागरिकलाई साइबर सम्बन्धी सचेतना दिने कार्यसँगै कानुनमा रहेका कमजोरीहरु सुधार गर्न सक्रियताका साथ कार्य भइरहेकोले सामाजिक सञ्जाल, इन्टरनेटका माध्यमबाट हुने अपराध बारे सबैले जानकारी राख्नुपर्नेमा जोड दिए ।

संगोष्टीमा बोल्दै राष्ट्रिय साइबर व्यूरोका एसपी दीपकराज अवस्थीले नेपालको साइबर कानुन, साइबर अपराधका बारेमा सहभागीहरुलाई जानकारी गराए । उनले पछिल्लो पुस्ता साइबर अपराधमा जोडिनु दुखःद भएको बताउँदै नेपालमै रहेर भिओआईपी प्रयोग गरेर साइबर अपराध गर्ने क्रम बढेको र त्यस्ता कार्य गर्दा कुनै न कुनै दिन फसिने भएकोले विद्यार्थीहरुलाई त्यस्ता कार्यमा संलग्न नहुन अनुरोध गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस