युरोपेली मुलुक माल्टामा एक नेपालीको सडक दुर्घटनामा मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २७, शनिबार (४ महिना अघि)
  • ६० पटक पढिएको
युरोपेली मुलुक माल्टामा एक नेपालीको सडक दुर्घटनामा मृत्यु

पौष २७, काठमाण्डौँ । युरोपेली मुलुक माल्टामा एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ घर भएका २५ वर्षीया गौरीकुमारी बरालको उपचारको क्रममा मृत्यु भएको हो।रोजगारीको सिलसिलामा सन् २०२२ डिसेम्बरमा उनी माल्टा आएकी थिइन् ।

जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते उनी उपचारत रहेकोमा शनिबार बिहान मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए । मृतकको परिवारसँगको सल्लाह बमोजिम मृतकको शव नेपाल पठाउन एनआरएनए माल्टाले सहजीकरण गरिरहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस