जेठ २९,काठमाडौँ । भारत गुजरातको अहमदाबादमा दुर्घटना भएको एअर इन्डियाको जहाज (इन्टर्न डाक्टरहरू बस्ने होस्टेलमा) खसेको समाचार छ ।
अहमदाबाद विमानस्थलबाट उडेपछि केही मिनेटमै दुर्घटनामा परेको एअर इन्डियाको विमान एउटा अस्पतालको इन्टर्न डाक्टरहरूको होस्टेल मा खसेको हो ।
समाचार संस्था पीटीआईले सार्वजनिक गरेको एक भिडियोमा एक भवनको छानामाथि विमान अडिएको छ ।
चालक दलका सदस्यसहित २४२ जना सवार विमान केहिबेर अघि दुर्घटनामा परेको थियो । जसमा १६९ जना भारतीय, ५३ जना बेलायती, १ जना क्यानाडेली र ७ जना पोर्चुगिज नागरिक रहेको बताइएको छ ।