विश्वकप फुटबलको उपाधि भिडन्त क्रोएसिया र फ्रान्सबीच हुने !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ २८, बिहिबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

असार २८,काठमाडौ । विश्वकप फुटबलको उपाधिका भिडन्त क्रोएसिया र फ्रान्सबीच हुने भएको हो । सेमिफाइनलमा इंङल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै क्रोएसियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गरेको हो ।

क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । खेल सुरु भएको पाँच मिनेटमै गोल खाँदै पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल गरेको थियो ।

अतिरिक्त समयको दोस्रो हाफमा मारियो मान्जुकिजले क्रोएसियाका लागि निर्णायक गोल गर्नु भएको हो । क्रोएसिया र फ्रान्सबीचको खेल आइतबार हुने छ । त्यसअघि सेमिफाइनलमा हारेका बेल्जीयम र इङल्याण्ड तेस्रो स्थानका लागि खेल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस