‘ए’ डिभिजन लिगमा अब तीन चरणका खेलमात्र बाँकी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष ११, बुधबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष ११, काठमाडौं । रेलिगेसनको प्रावधान हराएर गरिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अब तीन चरणका खेलमात्र बाँकी छन् । सतप्रतिशत नतिजासहित साविक विजेता मनाङ मस्र्याङ्दी उपाधि रक्षा गर्ने होडमा रहँदा उसलाई संकटा र थ्री स्टारले चुनौती पेश गरिहेका छन् ।

मनाङलाई चुनौती पेश गरिरहेको संकटा क्लब पाँच अंकले पछि छ भने गणितीय सम्भावना कायम गरोको थ्री स्टार सात अंकले पछाडि छ । चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लब यसअघि नै उपाधि होडबाट बाहिरिसकेको छ ।

ad ad ad
लिगमा तीन खेल मात्र बाँकी रहँदा मनाङ मस्र्याङदी ३० अंकसहित उपाधि नजिक छ । संकटा २५ अंकका साथ दोस्रो तथा २३ अंक जोडेको थ्रि–स्टार क्लब तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको त्रिभुवन आर्मीको १८ अंक छ ।

बिहीबार हुने संकटा र मनाङबीचको खेलबाट आउने नतिजाले लिगको उपाधि समिकरण अझ प्रस्ट्याउने छ । मनाङ विजयी भएमा संकटासँगको दुरी ८ अंकले बढाउनेछ । त्यसको अर्थ मनाङ दुई खेल अगावै लिग च्याम्पियन बन्नेछ । संकटाविरुद्धको बराबरी वा पराजित भए अर्को खेलसम्म कुर्नृपर्ने हुन्छ । मनाङले अब संकटा, हिमालयन शेर्पा र फ्रेन्ड्ससँग खेल्न बाँकी छ । संकटाले भने मनाङ, थ्री स्टार र एपिएफविरुद्ध खेल्न बाँकी छ ।

थ्री स्टारलाई लिग जित्नका लागि आफुले सबै खेल जितेरमात्र पुग्दै संकटा र मनाङले खेल्ने बाँकी खेलको नतिजा कुर्नुपर्ने हुन्छ । थ्री स्टारले सबै खेल जिते ३१ अंक हुनेछ । त्यसैले थ्री स्टारको उपाधि सम्भावना बाँकी रहन मनाङले सबै खेल हार्नुबाहेक अर्को विकल्प छैन । त्यतीमात्र होइन संकटा पनि रोकिनु आवश्यक हुन्छ । त्यसैले ललितपुरे क्लबको सम्भावना न्युन छ ।

रेलिगेशनका प्रावधान हटाइएकाले पुछारमा रहने टोलीको समिकरण रोचक नहुनसक्छ । तथापी शीर्ष तीन भित्र रहनका लागि थ्री स्टार र त्रिभुवन आर्मीबीचको प्रतिस्पर्धा रोचक हुनेछ । थ्री स्टारले अब संकटा, नेपाल पुलिस र हिमालयन शेर्पासँग खेल्न बाँकी छ भने त्रिभुवन आर्मीले सरस्वती युथ, जावलाखेल युथ र मछिन्द्र क्लबसँग खेल्न बाँकी छ । तुलनात्मक रुपमा त्रिभुवन आर्मीको प्रतिद्वन्द्वी कमजोर रहेकाले थ्री स्टारलाई तेस्रो स्थान जोगाउने बढी छ ।

१४ अंकसहित आठौं स्थानमा रहेको हिमालयन शेर्पा क्लबसम्मले गणितीय रुपमा तेस्रो स्थान हािसल गर्ने सामथ्र्य राख्छ । तथापी त्यो सम्भावना ज्यादै न्युन छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ११औं चरणका खेलहरु
मिति खेल स्थान
२०७५ पुस ११ गते ब्रिगेडब्वाइजविरुद्ध हिमालयन शेर्पा एन्फा मुख्यालय
२०७५ पुस ११ गते जावलाखेल युथविरुद्ध मछिन्द्र एन्फा मुख्याल
२०७५ पुस ११ गते एनआरटीविरुद्ध फ्रेन्ड्स क्बल हल्चोक
२०७५ पुस १२ गते एपिएफविरुद्ध च्यासल युथ एन्फा मुख्यालय
२०७५ पुस १२ गते संकटाविरुद्ध मनाङ मस्र्याङ्दी एन्फा मुख्यालय
२०७५ पुस १३ गते सरस्वती युथविरुद्ध त्रिभुवन आर्मी एन्फा मुख्यालय
२०७५ पुस १३ गते नेपाल पुलिसविरुद्ध थ्री स्टार एन्फा मुख्यालय

ताजा अपडेट

खोजी गर्नुहोस