‘ए’ डिभिजन लिगको खेल तालिका हेरफेर

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष १६, सोमबार (६ साल अघि)
  • ४३ पटक पढिएको
Post Thumbnail

पौष १६, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिगको आगामी खेल तालिका केही हेरफेर गरेको छ । सोमबारदेखि शुरु हुने १२ औं चरणका खेलहरु अन्तर्गत लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लब र हिमालयन शेर्पावीचको खेल सारिएको छ ।

मनाङले ११ औं खेलसम्म अपराजित रहँदै उपाधिमाथि कब्जा जमाईसकेको छ । एन्फाले आइतबार सार्वजनीक गरेको खेल तालिका अनुसार आज एनआरटी र मछिन्द्र, फ्रेन्ड्स र ब्रिगेड ब्वाईज तथा जावलाखेल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, भोलि मंगलबार सरस्वती युथ क्लब र च्यासल, एपीएफ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस